चलचित्र विकास बोर्डको आफ्नै लोगो बन्यो, मन्त्रीले गरिन् सार्वजनिक



काठमाडौं। चलचित्र विकास बोर्डको २४औँ वार्षिकोत्सवको अवसर पारी पहिलो पटक यस निकायको आफ्नै लोगो सार्वजनिक गरिएको छ। २३ वर्षसम्म बोर्डले नेपाल सरकारको लोगो प्रयोग गरेको थियो।

आइतबार वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोगो सार्वजनिक गरिन्। यो लोगोको डिजाइन ललितकलाका प्राध्यापक एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन्। लोगोमा रिलदेखि डिजिटलसम्मको प्रविधि र नेपालको झन्डामा अङ्कित चन्द्र र सूर्यलाई समावेश गरिएको छ।

यो सँगै ‘बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ वाक्यांशलाई आफ्नो नारा तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu