अक्षय कुमारको युनिट जहाज चढ्न नपाएपछि



[dropcap]डे[/dropcap]ढ साता अघि वलिउड स्टार अक्षय कुमार सहितको टोली ‘बेबी’को छायांकनको लागि नेपाल आएपछि विभिन्न उतार चढावहरु आए । बिशेष गरी चलचित्रको प्राविधिक पक्षको विवाद बढि चर्चित बन्यो । भनिन्छ, ‘पैसाले नै सम्बन्धलाई टाढा-नजिक बनाउछ’ । छायांकनकै रफ्तारमा स्क्रिप्ट नै परिवर्तन गरेर मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छायांकन अनुमती पाएको युनिट पछि पैसा कै कारण प्रहरी चौकीमा समेत पुग्नुपर्‍यो ।

manoj-pandey
‘बेबी’ निर्देशकसँग मनोज के.सी.

पैसा सकिएपछि भाग्न खोजेको आरोप युनिटलाई लाग्यो । नेपालमा प्राविधिक व्यबस्थापन गरेको ‘आइसफल एडभेन्चर’लाई २५ लाख नदिई भाग्न खोजेको भन्दै झण्डै पाँच करोड पर्ने क्यामेरा कब्जा गरिएपछि हात हाला हाल समेत भएको थियो । आफुहरु असुरक्षित भएको भन्दै भारतिय युनिटले गौशाला प्रहरी प्रभागमा गुहारेको थियो । करिव नौ घण्टा दुवै युनिट प्रहरी नियन्त्रणमा परे । अन्ततः नेपाल चलचित्र प्राविधिक संघले कुरा मिलाईदियो । १७ लाख भारतिय रुपैयाँ तिपरेपछि क्यामेरा फिर्ता भयो ।

भारतिय युनिटले यो रकम तुरुन्त निकाल्न नसक्ने भएपछि गोपीकृष्ण मुविजका निरक पौडेललाई गुहारे । निरकले बैंक जमानी राखेर २५ लाखको चेक र दुई लाख नगर गरी २७ लाख उपलब्ध गराएका थिए । सोहि विवादका कारण बिहिवार नै टर्की जान लागेको युनिटका १९ जना हायात होटलमा नै बस्न बाध्य भए । समयमा नपुगेपछि फ्लाईट पनि छुट्यो । जसको कारण उनिहरुले लाखौँको घाटा भएको बताएका छन् ।

शुक्रवार बिहानै ट्रकी जान लाग्दा फेरी पैसाकै समस्याले तनावमा पार्‍यो । ट्रकी एयरलाईन्स मार्फत छायांकनको लागि टर्की जान लागेका उनिहरुले पुनः प्राविधिक संघका अध्यक्ष मनोज के.सी.लाई गुहारे । एयरलाईन्सले सामान धेरै भएको कारण डलरमा पैसा तिर्नुपर्ने अडान लिएको थियो तर युनिटसँग पर्‍याप्त रकम थिएन । केहि बेरको छलफलपछि प्राविधिक संघको अनुरोधमा एयरलाईन्स समहत भएर उनिहरु टर्कीतर्फ लागेको संघका अध्यक्ष के.सी.ले बताए । शुक्रबार ट्रकीमा छायांकनको तालिका थियो तर क्यामेरा सहितको युनिट नेपालमै अल्झिनु परेपछि शनीबार बाट मात्रै हुने भएको छ । अक्षय कुमार भने बुधबार नै त्यसतर्फ गईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu