‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन प्याक अप



काठमाडौं। ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन छायाङ्कन गरी नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन प्याक अप गरिएको छ। बाँकी छायाङ्कन दश दिन पछि काठमाडौंमा हुने निर्माता विनोद पौडेलले बताएका छन्।

“वर्षाको समयमा घाम पानी नभनी पहिलो चरणको छायाङ्कन पुरा गरिएको छ। छायाङ्कन सेटमा म आफैले पनि पुरा समय दिएको छु। यो चलचित्र केही विशेष बन्ने विश्वास गरेको छु,” निर्माता पौडेलले बताए। महेश दवाडीको पटकथा तथा संवादमा सरोज पौडेलले निर्देशन गरिरहेको यस चलचित्रमा प्रकाश सपूत, मुकुन भुसाल, विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतको मुख्य भूमिका रहेको छ।

यो चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा नेपाली चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो। यसमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्। यो चलचित्र अर्को वर्ष रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu