अस्पतालबाट डिस्चार्ज भए हरिवंश



विराटनगर। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कलाकार हरिवंश आचार्य मङ्गलवार मध्यान्हमा डिस्चार्ज भएका छन्। उनको नाकबाट रगत बग्ने समस्या देखिएपछि विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका थिए।

डिस्चार्ज भएसँगै आचार्यले विराटनगर तिनपैनीस्थित श्याम मन्दिरको दर्शन गरेका थिए। उनले मन्दिर दर्शन पछि सेन्ट्रल मलस्थित सेन्टर मल्टिप्लेक्स हल भ्रमण र विराटनगरको भृकुटी चोकमा वृक्षारोपण समेत गरे।

उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu