माघ ११ गते ‘के घर के डेरा: घर नम्बर २’ रिलिज हुने



काठमाडौं। छायाङ्कन सुरुवात गरेको नेपाली चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को रिलिज मिति तय भएको छ। यो चलचित्र माघ ११ गते रिलिज हुने वितरक करण श्रेष्ठले बताए।

दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको यस चलचित्रमा बुद्धि सागरको स्क्रिप्ट रहेको छ। यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय छ।

यसमा सामाजिक विषयवस्तुलाई रोचक तरिकाले भनिने निर्देशक खनालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu