चलचित्र ‘वर एण्ड वधू’को ट्रेलर सार्वजनिक



काठमाडौं। नेपाली चलचित्र ‘वर एण्ड वधू’को ट्रेलर सार्वजनिक भएको छ। भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

ट्रेलर लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको छ, जसमा नेपाल र रोमानियाका मनमोहक लोकेसनहरू समावेश छन्। ट्रेलरमा विशेष रूपमा आँचल शर्मा र विवेक कर्माचार्यबिचको प्रेमकथा, धोका, र सङ्घर्षको झलक देखाइएको छ।

चलचित्रको निर्देशन मिलन चाम्सले गरेका छन्। जानुका थापाको लगानीमा बनेको यो चलचित्रको कार्यकारी निर्माता अमित रिजाल हुन्। सुदिप बरालको सिनेमाटोग्राफी, मिलन श्रेष्ठको सम्पादन र साहिल खानको ट्रेलर कटिङ रहेको छ। यसमा हिमाल केसीको एक्सन निर्देशन, प्रदीप भारद्वाजको लेखन र अर्जुन पोखरेलको सङ्गीत रहेको छ।

चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, रविन्द्र खड्का, किरण केसी, कुसुम शर्मा, सृष्टि खड्का, सरिता लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रममा बोल्दै कलाकार किरण केसीले ‘वर एण्ड वधू’ आफ्नो करियरका उत्कृष्ट चलचित्रहरूमा पर्ने बताए। निर्देशक मिलन चाम्सले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। नायक विवेक कर्माचार्यले चलचित्रमा विविध भूमिका निभाउन पाएको अनुभव सुनाउँदै चलचित्रले आफूलाई चुनौतीपूर्ण र रोमाञ्चक बनाएको बताए। नायिका आँचल शर्माले ‘वर एण्ड वधू’ दर्शकका लागि विशेष अनुभव हुने भन्दै चलचित्रप्रति आफ्नो विश्वास व्यक्त गरिन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu