वलिउड मात्रै होईन विश्वकै स्टार बन्न चाहन्छुः निखिल उप्रेती



nikhil-uprety

कुनै समय नेपाली चलचित्र नगरीमा एकछत्र राज गरेका चर्चित स्टार निखिल उप्रेतीले आफु पछिल्लो समय चलचित्रमा नदेखिनुको पछाडी आफ्नै कारण भएको बताएका छन् । विहिवार राजधानीमा आयोजित एक कार्यक्रममा अतिथी बनेर देखिएका निखिलले छिट्टै नै बलिउडका चर्चित कलाकारहरुले अभिनय गर्ने गरी आफ्नै ‘प्रोजेक्ट’ सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।

म सँधै केहि न केही नयाँ कुरा ल्याउनुपर्छ भन्नेमा तल्लिन हुन्छु, निखिलले भने ‘यसैको लागी केहि समय नेपाल बाहि रहेर संघर्ष गरिरहेको छु, हराएको नभनिदिनुहोला।’ साथै उनले आफ्नै प्रोजेक्टको काम सकाएसँगै पुनः नेपाली चलचित्र तथा वलिउडका चलचित्रमा अभिनय यात्रालाई अघी बढाउने बताए ।  ‘वलिउडमा अभिनय गर्नकै लागी हराउनु भएको हो त’ भन्ने प्रश्नमा उनले आफु वलिउड मात्रै होईन वर्ल्डकै स्टार कसरी बन्ने भन्नेमा लागिरहेको बताए ।

पहिले जस्तो हातमा आएका जती सबै चलचित्रमा अभिनय नगर्ने भन्दै उनले गुणस्तरिय चलचित्र छानेर मात्रै अभिनय गर्ने पनि बताए । नेपालमा पनि वलिउडको बराबर एक्शन मुभीहरु निर्माण गर्न सकिने र त्यसको लागी स्रोत र साधन समेत प्रयाप्त रहे पनि ‘टिम स्प्रिट’ बलियो नहुँदा पछाडी पर्नु परेको निखिलको बुझाई छ ।

‘हालसम्म एक सय बीस भन्दा बढि चलचित्रमा अभिनय गरिसकेँ, चाहेको भए अहिलेसम्म खेल्दै जाँदा २ सय ४० पनि हुन सक्थ्यो निखिलले भने, ‘म जहिले पनि केहि ‘स्टेप’ अगाडी बढिसकेपछी पुनः पछी फर्केर हेर्नुपर्छ भन्ने मान्यता राख्छु निखिलले भने, ‘यसैको मान्यता अनुसार चलचित्रमा अभिनय गर्न छाडे पछाडीको समय अध्ययन गरेर नयाँ प्रोजेक्ट सार्वजनिक गर्ने तयारी छु ।

निखिलले अबको दुई महिनासम्म नेपालमा नै रहने बताउँदै केहि दिन भित्रमा नै एक कार्यक्रम गरेर सो को बारेमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu