अमेरिका बस्ने अभिनेत्री लम्सालले काठमाडौंमा गरिन् विवाह



काठमाडौं। लामो समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आएकी नेपाली चलचित्रकी अभिनेत्री अरुणिमा लम्सालले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेकी छिन्। उनले काँग्रेस नेता युवराज श्रेष्ठसँग धार्मिक रीतिअनुसार विवाह गरेकी छन्।

लम्साल र श्रेष्ठले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह गरेका हुन्। यो विवाह अरुणिमा र युवराजको पारिवारिक सहमति र नजिकका आफन्तहरूको उपस्थितिमा सम्पन्न भएको हो। श्रेष्ठ बराह क्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् र बराह क्षेत्र नगर कमिटीका उपसभापति समेत हुन्।

यस्तै रहेछ जिन्दगी, धड्कन, इन्द्रेणी, जीवन रेखा, सन्तान, सञ्जीवनी, जाल, सपूत, आफ्नो मान्छे आफ्नै हुन्छ, के यो माया हो जस्ता करिब चार दर्जन चलचित्रमा अभिनय गरेकी अरुणिमाले पछिल्लो पटक वेब सिरिज ‘घर बट इन अमेरिका’मा प्रमुख भूमिकामा अभिनय गरेकी छन्, जुन सिरिज रिलिज हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu