चलचित्र विकास बोर्डको अध्यक्षको लागि बुधवार साँझ र बिहीबार बिहान अन्तर्वार्ता हुने



काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूलाई बुधवार (आज)बाट अन्तर्वार्ताका लागि बोलाइएको छ। भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको यो पदका लागि छानिएका उम्मेदवारहरूसँग अन्तर्वार्ता लिने कार्य सुरु भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज अर्जुन कुमार डङ्गोल, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर र निर्देशक, उद्घोषक, सञ्चारकर्मी तथा कलाकार दिनेशराज दाहाल (दिनेश डि.सी.) लाई आज अन्तर्वार्ताका लागि बोलाएको छ। यस्तै, निर्देशक दीपा पाण्डे बस्नेत, संस्कृतिकर्मी राजेश थापा र प्रकाश भट्टराईलाई भोलि बिहान अन्तर्वार्ताका लागि बोलाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रावण १६ गते चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १५ दिनको समयावधि दिएर आवेदन खुला गरेको थियो। कुल ६ जनाले आवेदन दिएका थिए, जसमा बोर्डको अध्यक्ष पदका लागि अन्तिम चरणमा प्रवेश गर्न तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ। अन्ततः मन्त्रिपरिषदबाट एक जनालाई बोर्डको नयाँ अध्यक्षको रूपमा नियुक्त गरिनेछ।

बोर्डको अध्यक्ष पदमा योग्य हुनेको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने, र नेपाली चलचित्र उद्योगमा कम्तीमा १० वर्षको कार्य अनुभव वा चलचित्र क्षेत्रसँग सम्बन्धित उच्च शिक्षा प्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu