‘वर एन्ड वधु’को रोमानियामा खिचिएको गीत ‘सिरी सिरी’ सार्वजनिक



काठमाडौंः चलचित्र ‘वर एन्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी’ सार्वजनिक भएको छ, जसमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्यको जोडीलाई प्रस्तुत गरिएको छ। रोमानियामा खिचिएको यो गीतमा सुगम पोखरेल र नेहा करोदेको सुमधुर स्वर, नरेश भट्टराईको शब्द र युग भुसालको सङ्गीतले रोमान्स र हल्का नोकझोंकलाई प्रभावकारी ढङ्गले चित्रण गरेको छ।  

मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अंशु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का लगायतका कलाकारहरूको अभिनय पनि रहेको छ।

एक साताअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी भ्यूज हासिल गरेको छ, जसले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। एलआरके प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रमा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्माताको रूपमा रहेका छन्। 

सुदिप बरालको छायाङ्कन र प्रदीप भारद्वाजको लेखनमा तयार भएको यस चलचित्रले सामाजिक विषयवस्तुहरूलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरेको निर्देशक चाम्सले बताएका छन्।  

फिल्मको प्रदर्शन मिति भदौ १४ गते नजिकिँदै गर्दा, निर्माण टिमले बिहीबारबाट मोफसल केन्द्रित प्रचार सुरु गरेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu