‘एक्टरः टेक वन’को पोस्टरमा राजबल्लभ, फरक शैलीको चर्चा



काठमाडौं। अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसरमा शुक्रवार साँझ चलचित्र ‘एक्टरः टेक वन’को नयाँ थिम पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा कोइरालालाई सिगार सेवन गर्दै प्रदीप खड्काको तस्बिरलाई ध्यानपूर्वक हेर्दै गरेको देख्न सकिन्छ। उनको दाह्री-जुँगा, अगाडिको टेबल, र पृष्ठभूमिले उनलाई अनुसन्धानकर्मीको भूमिकामा प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ।

यस पोस्टरमा कोइरालाको फरक शैलीको चर्चा भइरहेको छ। यो चलचित्रको तेस्रो आधिकारिक पोस्टर हो। यसअघि प्रदीप खड्कालाई पाँच विभिन्न गेटअपमा र चोटैचोटको अनुहारमा देखाइएको थियो।

‘एक्टर: टेक वन’ कात्तिक १५ गते लक्ष्मीपूजामा प्रदर्शन हुँदैछ। यसमा प्रदिप खड्का, राजबल्लभ कोइराला, दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको निर्देशन राजन भुसालले गरेका छन्। निर्माता थमन कुमारी भण्डारी हुन् भने क्रिएटिभ प्रोड्युसर मोती कार्की र लाइन प्रोड्युसर तोरन क्षेत्री हुन्। छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् र पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन्। चलचित्रको सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने चलचित्रको सम्पादन निमेश श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, र साउण्ड नविन श्रेष्ठले गरेका छन्। पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्दैछ।

यस चलचित्रबाट करिब १० वर्षपछि अभिनेता राजबल्लभ कोइरालाको पुनरागमनलाई दर्शकहरूले विशेष उत्साहका साथ स्वागत गरेका छन् भने अभिनेता दिलीप रायमाझीको छोरी दिव्या रायमाझीको डेब्युलाई पनि दर्शकले प्रतीक्षा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu