‘मिसिङ: केटी हराएको सूचना’को गीतमा खुसी तर अनिश्चित जीवनको कथा



काठमाडौं। चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाऊँ…’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतमा रोहित जोन क्षेत्री र सितुसित बस्नेतले स्वर दिएका छन् भने गीतको शब्द र सङ्गीत दीपेन्द्र गौचनले तयार पारेका छन्।

गीतले एक युवक र युवतीको भेटघाटको कथा प्रस्तुत गर्दछ, जहाँ उनीहरूको जिन्दगी कता जाला भन्ने कुरा अनिश्चित छ। जिन्दगीको यात्राका क्रममा अचानक भेटिएका दुई पात्रबीचको सम्बन्धको अनिश्चितता र आगामी गन्तव्यको बारेमा गीत लेखिएको छ। लामो समयपछि दुई साथीबीचको पुनर्मिलनको खुसीलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ। यस गीतमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन्।

चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ आगामी कार्तिक ३० गतेबाट प्रदर्शनमा आउँदै छ। यसअघि सार्वजनिक गरिएको टिजरले नाजिर र सृष्टिबीचको प्रेमलाई दर्साएको थियो, जसलाई यस गीतले थप सशक्त बनाएको छ।

यो चलचित्रको निर्देशन दीपेन्द्र गौचनले गरेका छन्, जसले करिब ३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए। चलचित्रको छायाङ्कन अमर महर्जनले गरेका हुन्। गौचनको नै लेखन रहेको यस सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu