नेपाली चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक



काठमाडौं – नेपाली पारिवारिक कथानक चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । हास्य रसले भरिएको यो पारिवारिक ड्रामा चलचित्रलाई निर्देशक सुदीप भूपाल सिंहले लेखन तथा निर्देशन गरेका हुन् भने रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

चलचित्रमा लक्ष्मी गिरी, आशीर्वाद छेत्री, निकिता आचार्य, प्रतीक राज न्यौपाने, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, राम बाबु रेग्मी, मोहन निरौला, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, अशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सञ्जय लामा र राजेश श्रेष्ठको छायाङ्कनमा निर्माण भएको यो चलचित्रको छायाङ्कन ५७ दिनसम्म चलेको थियो । चलचित्र मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायाङ्कन गरिएको हो ।

चलचित्रमा रञ्जित गजमेर र वसन्त सापकोटाले सङ्गीत दिएका छन् । हाल चलचित्र पोस्ट-प्रोडक्सन चरणमा रहेको र चाँडै नै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu