केकी अधिकारीका भाइ बिम्बले चलचित्रमा डेब्यु गर्ने, पहिलो चलचित्र दिदीले बनाउने



काठमाडौं – पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’बाट व्यापक चर्चा पाएकी अभिनेत्री केकी अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर रोचक योजना सार्वजनिक गरेकी छन् । केकीले सन् २०२५ मा निर्मात्रीको रूपमा आफूलाई व्यस्त बनाउने भएकी छन् ।

उनले आफ्नै ब्यानर ‘केकी अधिकारी फिल्म्स’ मार्फत नयाँ चलचित्र निर्माणको तयारी गरिरहेकी छिन् । मिडिया कुराकानीको क्रममा केकीले सो चलचित्रबाट आफ्नो भाइ विम्ब अधिकारीलाई चलचित्रको अभिनयमा ल्याउने तयारी गरेको बताएकी छन् ।

केकीले चलचित्रको छायाङ्कन आउँदो वैशाखदेखि सुरु गर्ने योजना बनाएकी छिन् । यस चलचित्रमा आफूले अभिनय गर्ने या नगर्ने विषयमा भने टुङ्गो नलागेको बताएकी छन् ।

उनले आउँदो वर्ष अध्ययन र चलचित्र निर्माण दुवैलाई सँगसँगै लैजाने योजना बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu