![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/12/Bhola.jpg?resize=720%2C473&ssl=1)
काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा कमेडी चलचित्रको लहर चलिरहेका बेला अर्को नयाँ कमेडी चलचित्र ‘चिट्ठा’ निर्माण हुने भएको छ । पुस दोस्रो सातादेखि छायाङ्कन सुरु हुने यस चलचित्रमा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्की जस्ता चर्चित कलाकारहरूको अभिनय रहने बताइएको छ ।
यसको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् भने चलचित्रको कथा, पटकथा, संवाद र सङ्गीत आफैँले तयार पारेका छन् । चलचित्रमा एक अभिनेता र एक अभिनेत्रीको छनोट बाँकी रहेको निर्देशकले जानकारी दिए । रङ्ग पत्रकार सञ्चु थोकरले चलचित्रको छायाङ्कन गर्नेछन् भने शङ्कर महर्जनले द्वन्द्व निर्देशन गर्नेछन् । युवराज कँडेल र अन्नु चौधरीले चलचित्रका गीतहरूमा स्वर दिएका छन् ।
लङ्का चलचित्र प्रालीको ब्यानरमा निर्माण हुने यस चलचित्रमा रेल्लु माया तामाङ प्रस्तुत कर्ता छिन् भने आर सुनाम मोक्तानले लगानी गरेका छन् । मियम मोक्तान चलचित्रकी सह-निर्माता हुन् ।