![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/12/%E0%A4%B6%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%95-%E0%A4%B0%E0%A4%B9%E0%A4%BF%E0%A4%A4-%E0%A4%A1%E0%A4%BF%E0%A4%9C%E0%A4%BE%E0%A4%87%E0%A4%A8-1.jpg?resize=720%2C405&ssl=1)
काठमाडौं – असोजदेखि पछि सरेको नेपाली चलचित्र ‘आउट लः दफा २१९’ अब फागुन २९ गते रिलिज हुने भएको छ । विक्की महर्जनको निर्देशनमा बनेको यस एक्सन चलचित्रमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् ।
नयाँ रिलिज मितिसँगै सार्वजनिक नयाँ पोस्टरमा रगत दलेको अनुहार र हातमा हतियार लिएको सुशीलको अवतारले फिल्म एक्सन जनराको हुने सङ्केत गर्छ । निर्माण पक्षले फिल्मको लागि थप एक्सन दृश्यहरू खिच्न ४० लाख रुपैयाँ खर्च गरेको बताइएको छ ।
सुशीलसँगै शिक्षा सङ्ग्रौला, नरेश पौडेल, सुमन भण्डारी र सोनी लगुन पनि चलचित्रको अभिनयमा छन् । विनोद कठायत कार्यकारी निर्माता हुँदा विकास चौधरी सह-निर्माता छन् ।
यो चलचित्रले सुशील श्रेष्ठलाई चलचित्र क्षेत्रमा फर्कने राम्रो अवसर दिने अपेक्षा गरिएको छ ।