चलचित्र ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त, सौगात र गरिमा मुख्य भूमिकामा



काठमाडौं – कमेडी जनरामा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को शुक्रवार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरिएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने यो चलचित्र पौष २० गतेबाट छायाङ्कनमा जाने बताइएको छ ।

चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र गरिमा शर्मा छन् । उनीहरूले नै मुहूर्त शट दिए । उनीहरूसँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रको कथावस्तु बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोज ‘जन्ते बाख्रो’ वरिपरि घुमेको छ । प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेका छन् भने सन्तोष गौतम निर्माता हुन् । मुईन इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रलाई हरि हुमागाईँले छायाङ्कन गर्नेछन् ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu