![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/12/img_4044-1.jpg?resize=720%2C361&ssl=1)
काठमाडौं – पुस २६ गते रिलिज हुने नेपाली चलचित्र ‘कार्साङ’को नयाँ गीत ‘सात भन्ज्याङ’ सार्वजनिक भएको छ । गीतमा दयाहाङ राई र सिर्जना निङलेखुको रोमान्टिक जोडीलाई देखाइएको छ । पूर्वी नेपालको शेर्पा र राई समुदायको संस्कृति झल्कने यो गीतमा डीपी खनालको शब्द र एसडी योगीको सङ्गीत छ । एसडी योगी र रेश्मा पुन मगरको युगल स्वर छ ।
‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा हो । यसले शेर्पा समुदायको जीवनशैली, संस्कृति र अभावलाई पर्दामा उतारेको छ । चलचित्रले दर्शकलाई शेर्पा समुदायको जीवन नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ ।
चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् ।
गीत: