
काठमाडौं – आगामी चैत ८ गते रिलिज हुने नेपाली चलचित्र ‘द्रौपदी’ को टिजर सार्वजनिक भएको छ । टिजरले एक महिला पात्रको संवेदनालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ ।
चलचित्रमा अर्ग्यानिक र गम्भीर विषयवस्तुलाई समेटिएको निर्देशक ऋषिराज आचार्यले बताए । चलचित्रलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिएको र स्क्रिप्ट तयार गर्न करिब चार वर्ष लागेको निर्देशकले बताए ।
यो चलचित्र डोल्पाको शे फोक्सुन्डो ताल लगायत कर्णालीका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ ।
चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता पौडेल, सुरज अधिकारी र निर्देशक आचार्यले अभिनय गरेका छन् ।
आचार्यले नै कथा, पटकथा, संवाद, गीत समेत लेखेका छन् । ऋतु आचार्य र सुवास ठडराई सह-निर्माता हुन् भने आर बि मुभिजले यस चलचित्रलाई निर्माण गरेको हो ।
टिजर: