बाल मनोविज्ञानमा बनेको चलचित्र ‘सारङ्ग’को ट्रेलर सार्वजनिक



काठमाडौं – यही माघ २५ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘सारङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ओस्कार कलेजमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रको ट्रेलर प्रिमियर गरिएको हो ।

ट्रेलरले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा र यसले बाल मनोविज्ञानमा पार्ने प्रभावलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । साथै, फिल्मले धनी-गरिबबीचको खाडल र बालअधिकार जस्ता समाजका ज्वलन्त मुद्दालाई पनि उजागर गरेको छ ।

ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जङ्ग केसी, प्रभात श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा बाल कलाकार द्वय सम्राट र आदित्यले पनि मुख्य भूमिका निभाएका छन् ।

प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको यस फिल्ममा गोपाल रायले छायाङ्कन गरेका छन् भने मित्र डि गुरुङले सम्पादन गरेका छन् । शङ्कर थापा स्माइल र नकुल कार्कीको सङ्गीत तथा सुष्मा राईको कोरियोग्राफी रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu