
काठमाडौं – महिला उद्यमी सङ्घ नेपालका दुई सयभन्दा बढी सदस्यहरूले सामूहिक रूपमा नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ हेरेर यसको प्रशंसा गरेका छन् ।
काठमाडौंको जमलस्थित विश्वज्योती सिनेप्लेक्समा विशेष प्रदर्शन गरिएको चलचित्रले आफूहरूको मन जितेको महिला उद्यमीहरूले बताए। यसको कथावस्तु, कलाकारको अभिनय र लोकेसनले निकै प्रभावित भएको उनीहरूले जनाए ।

दीपेन्द्र गौचनले लेखन तथा निर्देशन गरेको यस चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसले पहाडी र मधेसी समुदायबीचको मेलमिलापको कथा प्रस्तुत गर्दै समाजका विविध पक्षलाई उजागर गरेको छ ।
ट्राई सिटी पिक्चर्सले निर्माण गरेको यो चलचित्र गत साता सार्वजनिक प्रदर्शनमा आएको हो ।