
काठमाडौं – रिलिजको अघिल्लो दिन मङ्गलवार काठमाडौं जिल्ला अदालतले रोक लगाएपछि रोकिएको प्रदर्शन सुचारु हुने सहमति जुटेको छ । विवादमा परेका दुई नेपाली चलचित्रहरू ‘एक्टर’ र ‘एक्टर : टेक वन’का निर्माताहरूले आपसी छलफल गरी ‘एक्टर : टेक वन’लाई प्रदर्शन गर्न दिने सहमति गरेका छन् ।
सहमतिमा ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’विरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने र ‘एक्टर : टेक वन’को प्रदर्शनको बाटो खोल्ने उल्लेख छ ।
अदालतको आदेशसँगै रोकिएको चलचित्र अब प्रदर्शनमा ल्याउने तयारी गरेका छन्, तर आज या भोलि रिलिज हुन्छ भन्नेबारे केही बेरमा निर्णय हुने जनाइएको छ ।
