
काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘फेरि जालमा’ बोलको गीत रिलिज गरिएको हो ।
२०७१ सालमा रिलिज भएको ‘जालमा’ गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो बेला ‘रेशम फिलिली’ चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । तर, प्रदर्शनको दोस्रो दिन नै भूकम्प गएपछि प्रदर्शन रोकिएको थियो ।
कालीप्रसाद बास्कोटाको सङ्गीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन् । गायनमा काली र सोमिया बराइली रहेका छन् । यो गीतको भिडियोमा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायाङ्कन गरेका छन् ।बिहीबार युट्युबमा सार्वजनिक ‘फेरि जालमा’ गीतमा सिनेमाका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।
यो चलचित्रलाई नीरज महर्जनले निर्देशन गरेका हुन् । कथा पनि उनले नै लेखेका हुन् । यसमा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायाङ्कन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको सङ्गीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
गीत: