
काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ प्रदर्शनमा आएको छ । अदालती प्रक्रियाको कारण हलहरूले बिहानैदेखि शो नखुलाए पनि दिउसोको शोहरु खुलेका छन् । शुक्रवार बिहान अदालतबाट मुद्दा फिर्ता गरिएसँगै चलचित्र देशव्यापी रिलिजमा आएको हो ।
नाम मिलेको विवादको विषयलाई लिएर ‘एक्टर’ र ‘एक्टर: टेक वन’ चलचित्रका निर्माताबीच बिहीबार भएको सहमतिपछि ‘एक्टर: टेक वन’ निर्माताले बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रवारदेखि रिलिज हुने जनाएका थिए ।
गत सोमबार यस चलचित्रको ग्रान्ड प्रिमियर शो को आयोजना भएको थियो। शोमा चलचित्र हेरेका दर्शकहरूले खुलेर प्रशंसा गरेका थिए ।

यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।