चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त



काठमाडौं – निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त सम्पन्न भएको छ । सरस्वती पूजाको अवसर पारेर सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको औपचारिक छायाङ्कन सुरु गरिएको हो ।

शुभ मुहूर्त कार्यक्रममा यसका प्रमुख कलाकार हरिवंश आचार्य, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता सरोज ओली र मोहित आचार्य लगायत फिल्म निर्माण टिमको उपस्थिति रहेको थियो । यस चलचित्रमा प्रकाश सपुतको पनि अभिनय रहनेछ । सपुत ‘सोल्टिनी’ चलचित्रको छायाङ्कनमा रहेका कारण मुहूर्त कार्यक्रममा अनुपस्थित रहे ।

यस चलचित्रको कथा वरिष्ठ कलाकार हरिवंश आचार्य ले लेखेका हुन् । सामाजिक कथावस्तुमा आधारित यो फिल्मको अधिकांश छायाङ्कन काभ्रेमा हुने बताइएको छ ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu