सुरेन्द्र पौडेलको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ र विजय बराल



काठमाडौं – चर्चित सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन् । वसन्त पञ्चमीको अवसरमा उनले चलचित्र घोषणा गरेका हुन् ।

महेश दवाडीले लेखेको पटकथामा दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूको छनोट भइरहेको र जसको घोषणा चाँडै हुने बताइएको छ ।

फागुनको पहिलो साताबाट छायाङ्कन सुरु हुने जनाइएको यो चलचित्र २०८२ सालमा रिलिजको लक्ष्य राखिएको छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको टिजरमार्फत थप जानकारी सार्वजनिक गरिने बताइएको छ ।

पौडेलले यसअघि ‘आभास’, ‘कृ’ र ‘बाबरी’ जस्ता चलचित्रहरू निर्देशन गरिसकेका छन् भने ‘मेरो एउटा साथी छ’बाट सम्पादन यात्रा थालेका थिए ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu