फिल्म ‘जुना: एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक



काठमाडौं – नेपाली चलचित्र ‘जुना: एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । फिल्म माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

पूर्णकला बिसीको स्वर रहेको गीतमा भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको सङ्गीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । विवाहमा महिलाहरूले नाच्ने रत्यौलीलाई गीतमा विशेष रूपमा प्रस्तुत गरिएको छ ।

गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रले बाल विवाह, अनमेल विवाह, महिला हिंसा लगायतका सामाजिक मुद्दालाई उठाएको छ । दीपकप्रसाद घिमिरेले निर्माण गरेको चलचित्रको निर्देशन जीवन सेन्चुरीले गरेका छन् ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेत, कमल बोहरा र खगेन्द्र न्यौपानेको अभिनय छ । यसमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको सङ्गीत, जीवन सेन्चुरी र भीमबहादुर पौडेलको शब्द, अन्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईँको डिओपी रहेको छ ।

गीत:

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu