नेपालसहित विभिन्न देशको युट्युब ट्रेन्डिङमा ‘दुखी आत्मा’को ट्रेलर



काठमाडौं – फागुन २ गते रिलिज हुने नेपाली चलचित्र ‘दुखी आत्मा’को ट्रेलर चर्चित बनेको छ । सोमबार सार्वजनिक यो ट्रेलर ३ घण्टामै नेपालको लागि युट्युबको ट्रेन्डिङमा परेको थियो । हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । 

युट्युबमा ट्रेलरले दर्शकको उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । यो चलचित्रको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् । यस्तै, ट्रेलर जापान, कतार र अस्ट्रेलियामा पनि ट्रेन्डिङमा छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रले एक कविको यौन दुर्बलताको कथा भन्छ ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu