काठमाडौं – महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको नेपाली चलचित्र ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी (ए सानु)’ सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक गरिएको टिजरलाई दर्शकले मन पराएसँगै निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।
गीतमा चलचित्रका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड छन् ।
सुशान्त गौतमको शब्द रहेको गीतमा इन्द्रकला राईको स्वर छ । ‘भ्वाइस अफ नेपाल सिजन ६’मा सहभागी भएपछि चर्चामा आएकी इन्द्रकलाको स्वर रहेको ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ लोकप्रिय छन् ।
कलरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा बनेको यस चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । सिनेमाले एक नव विवाहित जोडी आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा आउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गर्दछ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोविद बज्रको ब्याकग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
गीत: