चलचित्र ‘रङ्गी’को शीर्ष गीत सार्वजनिक: सलोन र मलिकाको रोमान्टिक अवतार



काठमाडौं – आगामी फागुन २ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गी’को शीर्ष गीत ‘रङ्गी’ सार्वजनिक भएको छ । आमेश भण्डारी र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आमेशकै शब्द र सङ्गीत छ । यसको भिडियोमा चलचित्रका कलाकारहरू सलोन बस्नेत र मलिका महत फिचर्ड छन् ।

भ्यालेन्टाइनको अवसर पारेर रिलिज गरिएको यो गीत रोमान्टिक स्वादमा छ । गीतमा सलोन र मलिकाको प्रेम कहानीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट हुन्छ र उनीहरूको प्रेम कहानी सुरु हुन्छ । उनीहरूको प्रेम, विवाह र सन्तानको यात्रालाई गीतमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

निर्माण पक्षले मलिकाको नाम गोप्य राखेको भएता पनि यो गीतले सलोनको जोडीको खुलासा गरेको छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

गीत:

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu