चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान



काठमाडौं – चलचित्र विकास बोर्डले चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बोर्डले बुधवार एक कार्यक्रमको आयोजना गरी माध्यमिक तहदेखि पिएचडीसम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति रकम विद्यार्थीहरूलाई हस्तान्तरण गरे । डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीहरूको छात्रवृत्ति ओस्कार इन्टरनेशनल कलेजका संयोजक नवनिधि दाहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल सङ्गीत विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीलाई हस्तान्तरण गरे ।

विद्यार्थीहरूको छात्रवृत्ति कार्यक्रम २०६१ सालबाट सुरु भएता पनि यस वर्षबाट अध्यक्ष डिसीको पहलमा माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको बताइएको छ । यसअघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्स २ जनालाई दिने गरिएको भएता पनि यस वर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिकतर्फ ५ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu