चलचित्र ‘हन्टर’मा अरुण क्षेत्री, जन्मदिनमा लुक्स सार्वजनिक



काठमाडौं – चलचित्र ‘हन्टर’का प्रमुख कलाकार अरुण क्षेत्रीको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरिएको छ । बुधवार क्षेत्रीको जन्मदिनको अवसर पारेर पोस्टर स्टाइलमा लुक्स सार्वजनिक गरिएको हो ।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्ने यस चलचित्रको पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावपूर्ण मुद्रामा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यो डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन् ।

सुदूरपश्चिमको कथा भन्ने ‘एक्सन इन्टरटेनर’ यस चलचित्रमा अभिनय गर्ने अन्य कलाकारको बारेमा भने बताइएको छैन । जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।

यसमा ममता सिंह, राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सह-निर्माता रहेका छन् । यस चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन हुन् ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu