काठमाडौंमा चलचित्र ‘सारङ्ग’को भव्य प्रिमियर, मन छुने प्रतिक्रिया



काठमाडौं – नेपाली चलचित्र ‘सारङ्ग’को प्रिमियर काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा भव्य समारोहसहित सम्पन्न भएको छ । यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रले प्रिमियरमा सहभागीको मन जितेको छ ।

प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेत्री ऋचा शर्माले ‘सारङ्ग’ले आफ्नो जीवनमा ठुलो पाठ सिकाएको बताइन् । यस चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी ऋचाले चलचित्रले आफूलाई भावनात्मक रूपमा छोएको र दर्शकले पनि यसबाट धेरै कुरा सिक्ने विश्वास व्यक्त गरिन् ।

यसका अभिनेता उत्पल झाले बालबालिकाको उत्कृष्ट अभिनय र चलचित्रको समग्र प्रस्तुतिले दर्शकलाई बाँध्ने बताए । उनले ‘सारङ्ग’ सबै उमेर समूहका दर्शकका लागि बनेको र पारिवारिक मूल्य मान्यतालाई बढवा दिने बताए । उत्पलले भने, “हामी दर्शकको प्रतिक्रियाको लागि उत्साहित छौँ ।”

यस चलचित्रले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा र यसले बाल मनोविज्ञानमा पार्ने प्रभावलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । साथै, फिल्मले धनी-गरिबबीचको खाडल र बाल अधिकार जस्ता समाजका ज्वलन्त मुद्दालाई पनि उजागर गरेको छ ।

ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जङ्ग केसी, प्रभात श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा बाल कलाकार द्वय सम्राट र आदित्यले पनि मुख्य भूमिका निभाएका छन् ।

प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको यस चलचित्रमा गोपाल रायले छायाङ्कन गरेका छन् भने मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu