अभिनेत्री जल शाहकी छोरी कलशद्वारा ५५ विपन्न विद्यार्थीलाई सहयोग



काठमाडौं – काभ्रेको चौँरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत ५५ जना विपन्न विद्यार्थीलाई चर्चित अभिनेत्री जल शाहकी छोरी कलशले सहयोग गरेकी छिन् । १६ वर्षीया कलशले आफ्नो पकेट मनी र अमेरिकामा गरेको पार्टटाइम कामबाट संकलित रकमबाट विद्यार्थीहरूलाई जाडोका लत्ताकपडा, शैक्षिक सामग्री, स्यानिटरी प्याड, हर्लिक्ससहितका खाद्य सामग्री उपलब्ध गराइन् ।

यसका साथै, उनले दुई जना विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक विद्यालय शुल्कसमेत प्रायोजन गरेकी छिन् । उनीहरूलाई जनही ३५ हजार रुपैयाँका दरले ७० हजार रुपैयाँ प्रदान गरिएको छ ।

सानैदेखि समाजसेवामा रुचि राख्ने कलशले ‘शिक्षा फाउन्डेशन’ मार्फत विपन्न विद्यार्थीलाई सहयोग गर्ने कार्यको थालनी गरेकी हुन् । ‘विद्यार्थीहरूलाई भेटेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ। आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु,’ कलशले भनिन् ।

अभिनेत्री जल शाहले छोरीको समाजसेवाप्रति गर्व व्यक्त गर्दै कलशको इच्छालाई पूर्णरूपमा साथ दिने बताइन् । आगामी दिनमा यो अभियानलाई अझ व्यापक बनाइने उनको भनाइ छ ।

कलशबाट सहयोग सामग्री पाएपछि विद्यार्थीहरू हर्षित भएका थिए र उनीहरूले गीत गाएर कार्यक्रमलाई थप रमाइलो बनाएका थिए । सो गाउँ चलचित्र पत्रकार उत्सव रसाइलीको जन्मथलो हो ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu