‘ममी’को प्रिमियर सम्पन्न, नेपाली हरर चलचित्रमा माइलस्टोन भएको प्रतिक्रिया



काठमाडौं – नेपाली हरर चलचित्र ‘ममी’को बुधवार काठमाडौंमा प्रिमियर सम्पन्न भएको छ । यही शुक्रवार रिलिज हुने समर निरौलाले निर्देशन गरेको यस चलचित्रमा प्रियङ्का कार्की , सुलक्षण भारती, दिया मास्के लगायतको प्रमुख भूमिका रहेको छ ।

प्रिमियर शोलाई हरर थिममा सजाइएको थियो । प्रिमियर पास बाँड्नेदेखि स्वागत गर्ने सम्मलाई ‘घोस्ट’को लुक्समा राखिएको थियो, जसले चलचित्र सुरु हुनु अगावै हरर महसुस भएको थियो । प्रिमियरमा चलचित्र क्षेत्रका व्यक्तित्वहरू, यस चलचित्रका प्रमुख कलाकारहरू सहित निर्देशक तथा अन्य प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।

चलचित्र हेरेपछि दर्शकले यो चलचित्र नेपाली हरर चलचित्रको लागि माइलस्टोन हुनसक्ने प्रतिक्रिया दिए ।

‘ममी’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । त्यसैले यो फिल्म १७ वर्षभन्दा कम उमेर समूहका दर्शकले हेर्न पाउने छैनन् । यसमा प्रियङ्का, सुलक्षण र दियासँगै समीप निरौला, जेभिस-जेनिश श्रेष्ठ, आयुषी ढकाललगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu