‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक, प्रमुख कलाकारहरू एकसाथ



काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको नेपाली चलचित्र ‘लाज शरणम्’को प्रचारात्मक गीत सार्वजनिक भएको छ । ‘हेर्दा हेर्दैमा’ बोलको गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा कृष्ण भारद्वाजले सङ्गीत दिएका छन् ।

गीतको भिडियोमा नृत्याङ्गना माला लिम्बु र अभिनेता गजित बिस्टसँगै चलचित्रका प्राय: प्रमुख कलाकारहरू एकसाथ देखिएका छन् ।  तराई मधेसको हाट बजारको परिवेशलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

‘लाज शरणम्’मा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन् । कुमार कट्टेलले निर्देशन गरेको यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

यसमा धुर्मुससँगै अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, हरिस निरौला ‘कक्रोज’, प्रियाना आचार्य ‘मुन्नी’, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu