
काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक १ मिनेट ४१ सेकेन्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने सङ्घर्षको कथा प्रस्तुत गरिएको छ ।
टिजरको केन्द्रमा अभिनेता विनय श्रेष्ठ रहेका छन् । यसमा सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । सुसन प्रजापतिको छायाङ्कन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको सङ्गीत र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
चलचित्र आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । यो चलचित्रलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्दैछन् ।
टिजर: