चलचित्र ‘द्रौपदी’को गीत ‘कर्णाली काटौँला’ सार्वजनिक



काठमाडौं – आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘द्रौपदी’को ‘कर्णाली काटौँला’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा यस चलचित्रका अभिनेता समेत रहेका गायक रवि ओड र इन्द्रकला राईले गाएको गीत सार्वजनिक गरिएको हो ।

यस चलचित्रका निर्देशक तथा अभिनेता ऋषिराज आचार्यको शब्द र रवि ओडको सङ्गीत रहेको यस गीतमा नव अभिनेत्री आश्वीनी शाही, निर्देशक आचार्य आफैँ, गायक रवि र सुजाता तिमिल्सिना रोमान्टिक मुडमा देखिएका छन् । डोल्पाको शे फोक्सुन्डो ताललगायत कर्णालीका विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको गीतको कोरियोग्राफी विष्णु ठडराईले गरेका छन् ।

निर्माणको क्रमदेखि नै चर्चामा रहेको यो चलचित्र मौलिक विषयवस्तुमा निर्माण गरेको निर्देशक आचार्यले बताए । यो चलचित्र अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी निर्माण गरिएको दाबी गर्दै आचार्यले यस गीतमा कर्णालीको सुन्दरता झल्किएको जनाए ।

यस चलचित्रमा आश्वीनी शाही, रवि ओड, कविराज, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भूमिकामा छन् । निर्देशक ऋषिराजकै लेखन, गीत र निर्माण रहेको चलचित्रको सम्पादन अनिल महर्जनले गरेका हुन् । सौरभ शर्माको पार्श्व सङ्गीत रहेको चलचित्र मोहनकुमार झिल्लुले खिचेका हुन् ।

आरबी मुभिजको ब्यानरमा बनेको चलचित्रको सह निर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu