‘हरिबहादुरको जुत्ता’ आगामी दसैँको फूलपातीमा रिलिज हुने



काठमाडौं – आगामी दसैँको लागि दर्जनौँ नेपाली चलचित्रहरूले रिलिजको तयारी गरेका छन् । यसैबीच छायाङ्कनमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’का निर्माताले २०८२ सालको दसैँको फूलपातीमा रिलिज हुने जनाएका छन् ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भइरहेको यो चलचित्र सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायाङ्कन थालिएको थियो । हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकार रहेको चलचित्र ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रूपमा रहेका छन् । सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको फिल्म महाजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । चलचित्रमा हरिवंश आचार्यको कन्सेप्ट, कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu