एकताको चलचित्र ‘हर्ष’मा खगेन्द्र र आँचल



काठमाडौं – अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै चलचित्र ‘हर्ष’ बन्ने भएको छ । एकता पौडेलले निर्देशन गर्ने यो चलचित्र ई प्राइम मुभिजको ब्यानरमा बन्ने बताइएको छ । डिओपिको लागि आलोक शुक्ला अनुबन्ध भएका छन् ।

यस चलचित्रका निर्माता प्रसन्न पौडेल र विकास पौडेलले हुन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन् । 

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेको पौडेल दिवङ्गत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।

आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही लघु चलचित्रहरू बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu