रेखा र पूजाको नयाँ चलचित्र ‘काली २’ नहुने, नाम र कथा फेरियो



काठमाडौं – अभिनेत्रीहरू रेखा थापा र पूजा शर्माले बनाउने चलचित्रको बारेमा बारेमा नयाँ खबर सार्वजनिक भएको छ । केही समय अघि ‘काली २’ को चर्चा चलेको भए पनि निर्माण पक्षले अहिले नयाँ नाम र फरक कथामा फिल्म बनाउने तयारी रहेको बताइएको छ ।

सो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । सो चलचित्रमा रेखा र पूजाको अभिनय रहने कुरा पक्का छ, तर नाम ‘काली २’ भने हुने छैन । निर्देशक श्रेष्ठले  ‘काली’सँग कथाको कुनै सम्बन्ध नरहेको र नयाँ कन्सेप्टमा फिल्म बन्ने मिडिया कुराकानीमा बताएका छन् ।

रेखा र पूजा यस अघि चलचित्र ‘उपहार’ मा सँगै देखिएका थिए ।

चलचित्रमा एक्सन र पारिवारिक ड्रामाको संयोजन रहने जानकारी पनि उनले दिएका छन् । स्क्रिप्टको काम अहिले चलिरहेको छ र यसै वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने तयारी रहेको बुझिएको छ ।

सविर र रेखाले यसअघि पनि ‘काली’, ‘कसले चोर्‍यो मेरो मन’, ‘तथास्तु’, ‘हमेसा’, र ‘राम प्यारी’ जस्ता सफल चलचित्रहरूमा  सहकार्य गरेका छन् । उनीहरूको सहकार्यको यो छैटौँ फिल्म हुनेछ ।

अभिनेत्री रेखा थापाले पनि केही दिन अघि नयाँ चलचित्रको स्क्रिप्टमा काम भइरहेको जानकारी दिएकी थिइन् । उनले दर्शकहरूलाई उत्कृष्ट चलचित्र दिने आफ्नो प्रयास रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu