
काठमाडौं – जुनिम गहतराजद्वारा निर्देशित नेपाली चलचित्र ‘ताण्डवम्’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
पारिवारिक र एक्सन थ्रिलरको संयोजन रहेको यो चलचित्रको ट्रेलरले दर्शकलाई उत्सुकता जगाउने खालको छ। “त्यो रात के भयो?” भन्ने प्रश्नबाट सुरु भएको ट्रेलर “भगवान् पनि म, अनि राक्षस?” भन्ने संवादमा टुङ्गिन्छ। ट्रेलरले सस्पेन्स र थ्रिलको आभास दिएको छ ।
निर्देशक गहतराजले चलचित्रको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाउने आशा व्यक्त गरे । नव विवाहित जोडीको जीवनमा आउने अप्रत्याशित घटनाहरूको कथालाई प्रस्तुत गर्ने यो चलचित्र आगामी फागुन ९ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ । यसमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
ट्रेलर: