चलचित्र ‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक



काठमाडौं – प्रख्यात गायक तथा अभिनेता प्रकाश सपुतले निर्देशन गरेको पहिलो चलचित्र ‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर सार्वजनिक गरिएको यो टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । निर्माण टोलीले यस टिजरलाई विशेष प्रेम दिवस उपहारको रूपमा प्रस्तुत गरेको छ ।

यसअघि सार्वजनिक भएको ‘साँझ पर्‍यो झमक्क’ गीतले दर्शकमाझ निकै चर्चा पाएको थियो । ‘वसन्त’ आगामी चैत्र २२ गते चैते दसैँको अवसरमा रिलिज हुँदैछ । यसमा प्रकाश सपुत र स्वस्तिमा खड्काको साथमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो सामाजिक चलचित्रको कथा, पटकथा र सङ्गीत प्रकाश सपुत स्वयंले तयार पारेका हुन् । यसले विपन्न विश्वकर्मा समुदायको एक युवाको लेखक बन्ने सपना र त्यसलाई साकार पार्न उसले गरेको सङ्घर्षको कथा प्रस्तुत गर्नेछ । मोहन विश्वकर्मा र बिन्दु बोहरा यस सिनेमाका निर्माता हुन् भने अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu