‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक, प्रदिप र दिव्याको ‘पावरफुल डान्स स्टेप’



काठमाडौं – चैत २९ गते रिलिज हुने कृषा चौलागाईं निर्देशित नेपाली चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंमा एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको गीतमा अभिनेता प्रदिप खड्का र अभिनेत्री दिव्या रायमाझीको ‘पावरफुल डान्स स्टेप’ रहेको छ । 

आनन्द अधिकारी र आशिष अविरलको शब्द रचना रहेको गीतमा अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसमा अविरलले नै सङ्गीत दिएका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई भव्य सेट तयार पारी छायाङ्कन गरिएको छ ।

यस चलचित्रमा प्रदिप र दिव्यासँगै सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ । यसअघि ‘ऐँचो पैँचो’ चलचित्र निर्देशन गरेकी कृषाले ‘पिताम्बर’लाई दर्शकले रुचाउने अपेक्षा गरेकी छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

चलचित्रका निर्माता विशाल चौलागाईं हुन् भने सह निर्माता पुरुषोत्तम प्रधान र कार्यकारी निर्माता सुमन गौतम हुन् । यो चलचित्र आरआर फिल्म्सले वितरण गर्दैछ ।

यस चलचित्रकी अभिनेत्री दिव्या रायमाझीले चलचित्र ‘एक्टर: टेक वन’बाट डेब्यू गरेकी थिइन् । उनले अर्को चलचित्र ‘माया प्रीति’ पनि साइन गरिसकेकी छन्, जुन् चलचित्र प्रि प्रोडक्सनको चरणमा रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu