चलचित्र ‘११:५५’ का पाँच क्यारेक्टर पोस्टरहरू सार्वजनिक 



काठमाडौं – चैत्र ८ गते रिलिज हुने नेपाली चलचित्र ‘११:५५’ का क्यारेक्टर पोस्टरहरू सार्वजनिक गरिएको छ । बुधवार चलचित्रका पाँच मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र नव अभिनेता सागर खनाललाई फिचर गरिएको छ । सार्वजनिक पोस्टरमा कलाकारहरूको लुक्सले उनीहरूको भूमिकाको झल्को दिन्छ । क्राइम थ्रिलर जनरामा बनेको यो चलचित्रलाई केशव पाण्डेले लेखेका र निर्देशन गरेका हुन् । यो चलचित्रबाट उनले निर्देशनमा डेब्यु गरेका हुन् । चलचित्रको कथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले मिलेर लेखेका हुन् ।

चलचित्रमा अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, शैलेश श्रेष्ठको ध्वनि डिजाइन तथा मिश्रण, प्रद्युम्न मिश्रको छायाङ्कन, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu