छोरीको जन्मले चलचित्र निर्माणमा प्रेरित गर्‍यो: सलोन बस्नेत



काठमाडौं – अभिनेता सलोन बस्नेतले निर्माण गरेको नेपाली चलचित्र ‘रङ्गी’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यसमा सलोन एक सङ्घर्षशील बाबुको भूमिकामा छन्, जसले छोरीको पालनपोषणको लागि कठिन परिस्थितिहरूको सामना गर्छन् ।

चलचित्रको कथाले समाजमा दैनिक रूपमा देखिने तर बेवास्ता गरिएका मुद्दाहरूलाई उजागर गर्ने सलोनले बताए । उनले भने, “हामीले बाटोमा दैनिक रूपमा खाना डेलिभरी गर्ने व्यक्तिहरूलाई देख्छौँ, तर हामी उनीहरूको कथालाई बेवास्ता गर्छौँ । ‘रङ्गी’ले त्यस्ता व्यक्तिहरूको जीवन र सङ्घर्षलाई प्रस्तुत गर्दछ ।”

छोरीको जन्म पछि आफ्नो जीवनमा आएको परिवर्तनको बारेमा कुरा गर्दै सलोनले भने, “छोरीको जन्मले मलाई केही फरक गर्न प्रेरित गर्‍यो। मैले अभिनयबाट अगाडि बढ्ने र फिल्म निर्माणमा हात हाल्ने निर्णय गरे ।”

‘रङ्गी’ले बाबु र छोरीको भावनात्मक सम्बन्धलाई पनि चित्रण गर्ने बस्नेतले बताए । “यो चलचित्रले बाबुको भावनालाई प्रस्तुत गर्दछ, जुन प्रायः देखिँदैन । यो एक बाबुको कथा हो जसले आफ्नो एक्लोपन र असहायतालाई लुकाएर समाजको अपेक्षा पूरा गर्न सङ्घर्ष गर्दछ ।”

सुरेश न्यौपानेद्वारा निर्देशित चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu