स्वदेशमै बस्न प्रेरणा दिने चलचित्र ‘अन्धपथ’ निर्माण हुने



काठमाडौं – आरजे मिडिया प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने नयाँ चलचित्र ‘अन्धपथ’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा बुधवार आयोजित एक विशेष कार्यक्रममा चलचित्रको निर्माण घोषणा गरिएको हो ।

रामजी लम्सालको निर्माणमा बन्न लागेको यो चलचित्रको कथा पनि उनकै हो । रामकाजी घिमिरेको लेखन तथा निर्देशन रहने यस चलचित्रमा कलाकारहरू राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डङ्गोल, कमल मैनाली, कृष्ण ढुङ्गाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुङ्गाना, भेग पहारीलगायत कलाकारहरूको अभिनय रहनेछ । 

निर्देशक रामकाजी घिमिरेले युवा शक्तिलाई विदेश पलायन हुनबाट निरुत्साहित गर्दै स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने विषयमा चलचित्र बन्ने बताए ।

चलचित्रको छायाङ्कन यही फागुन ८ गतेबाट सुरु हुनेछ । वि.सं. २०८२ सालको असोज/कात्तिक महिनामा चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । चलचित्रको छायाङ्कन कर्णाली रुकुम पूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा गरिने निर्माता लम्सालले जानकारी दिए ।

चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला, छायाङ्कन रामशरण उप्रेती, सङ्गीत अर्जुन पोख्रेल र शृङ्गारमा सन्तु तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu