मिस नेपालको ब्यापार पोखरामा राम्रो



miss-nepqal

अपिल त्रिपाठी, पोखरा ।
बिषय र अन्य बिबिध कारणले चर्चा र बिबादमा रहेको नेपाली फिल्म मिस नेपाल शुक्रबार देखि राजधानी बाहिरका सिनेमा हलबाट प्रर्दशनमा आएको छ । सिनेमाले सुरुवाती दिनमा राम्रो ब्यापार गरेको बताइएको छ । फिल्म हेरेर निस्केका दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको निर्मात्री शुभेच्छा थापाले बताइन ।

मिस नेपाल सौन्दर्य प्रतियोगिताको यथार्थता लाई फिल्मले उजागर गरेको बताइन्छ । मिस नेपाल बन्न एउटी युवतीले गर्ने संघर्षको कथालाई फिल्ममा समेटीएको छ । फिल्म पोखराको बाराही हलमा प्रदर्शनरत रहेको छ । हल संचालक उतम द्धाले पहिलो दिनको फिल्मको ब्यापार राम्रो रहेको बताए ।

फिल्ममा शुभेच्छा थापा, सबिन श्रेष्ठ, कल्याण घिमिरे, क्षितिजा शाक्य, सोनी के.सी, सुरज प्रजापति लगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक सुरेन्द्र तुलाधर हुन । मोफसलका ४० पर्दाबाट प्रदर्शनमा आएको फिल्म राजधानीमा भने आगामि साताबाट प्रर्दशनमा आउने छ । करण श्रेष्ठ बितरीत फिल्म बिभिन्न कारणले चर्चा र बिबादमा रहेको छ । शुक्रबार बाटै न्युन पब्लीसिटीका साथ लुकी लुकी नामक फिल्म पनि प्रर्दशनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu