चलचित्र ‘रङ्गी’को प्रिमियरमा सकारात्मक प्रतिक्रिया



काठमाडौं – नेपाली चलचित्र ‘रङ्गी’को बुधवार साँझ काठमाडौंमा भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित अधिकांशले यसको प्रशंसा गरेका छन् ।अभिनेता सलोन बस्नेतको प्रस्तुति रहेको ‘रङ्गी’ बाबु छोरीको भावनात्मक सम्बन्धको कथामा केन्द्रित छ ।

प्रिमियरमा निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य, भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायत थुप्रै कलाकार तथा प्राविधिकको उपस्थिति थियो । उनीहरूले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्राविधिक पक्ष र निर्देशनको प्रशंसा गरे ।

 ‘रङ्गी’ अभिनेता सलोन बस्नेतको पहिलो निर्माणको चलचित्र हो । सुरेश न्यौपानेले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन्, जसमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । पटकथा सुमन गजमेरले लेखेका हुन् ।

सौरभ लामाको छायाङ्कन रहेको चलचित्रमा बन्दे प्रसादको सम्पादन छ ।  दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत छ । आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर रहेको फिल्मका गीतमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीले शब्द दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu