एक्सन अवतारमा विपिन कार्की



काठमाडौं – अभिनेता विपिन कार्कीको लागि महत्त्वपूर्ण मानिएको चलचित्र ‘कर्मा’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले दुई वटा पोस्टर सार्वजनिक गरेको छ, जसमा मुख्य कलाकार कार्कीलाई फिचर्ड गरिएको छ ।

पहिलो पोस्टरमा विपिन कार्कीलाई ब्ल्याक जिन्स र फिट बडीमा प्रस्तुत गरिएको छ । हातमा सटगन बोकेका उनको हाउभाउले उनी बदलाको भावमा रहेको देखाउँछ । गेटअप, ड्रेसअप, अनुहारको हाउभाउ र हातमा रहेको बन्दुकले उनी एक्सन भूमिकामा रहेको प्रष्ट हुन्छ । पोस्टरमा रङको प्रयोगले पनि एक्सनको सङ्केत गर्दछ ।

पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडलाई थप पुष्टि गर्दछ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको अनुमान लगाउन सकिन्छ । यदि निर्माण पक्षको दाबी र पोस्टरले गरेको सङ्केत अनुसार चलचित्र एक्सन जनराको हो भने यो जनरामा विपिन पहिलो पटक देखिनेछन् । यसले दर्शकमा थप उत्सुकता जगाउनेछ ।

‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ, जसलाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् ।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्य: च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu